दैलेख जिल्लाकाे सक्षिप्त परिचय

१. दैलेख जिल्लाको संक्षिप्त परिचय र नामाकरण
दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्र्तगत भेरी अञ्चलमा पर्ने एक पहाडी जिल्ला हो । यस जिल्लाको नाम “दैलेख” कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु प्रचलित छन् । पौराणिक कालमा दधिचि नाम गरेका एक जना ऋषिले यस क्षेत्रमा तपस्या गरी बसेकाले उनै महर्षिको नामबाट दधिचि लेक भन्न थालिएको र कालान्तरमा त्यहि नाम अपभ्रंश हुदै दैलेख रहन गएको भन्ने एक कथन छ । अर्काे जनश्रुती अनुसार पौराणिक कालमा यो क्षेत्र देवताहरुको बासस्थान भएकोले देवलोकबाट दैलेख हुन पुगेको हो भन्ने भनाई छ । यसैगरी अर्काे एक पौराणिक कथन अनुसार प्राचिन समयमा ठूलो बनक्षेत्र भएको र यहाँका लेकहरुमा ठूलो संख्यामा गाई भैंसी पाल्ने गरेकाले प्रसस्त मात्रामा दूध दही पाइने हुनाले यसको नाम “दहिलेक” भएको र समय अन्तरालमा यस नामको अपभ्रंश हुदै दैलेख रहन गएको हो भन्ने पनि गरिन्छ ।

प्राचीन र मध्यकालिन समयमा हालको दैलेख जिल्ला दुल्लु र बेलासपुर गरी दुई राज्यमा विभाजित थियो र ई.स. १७८९ मा नेपाल एकिकरण अभियानको शिलसिलामा बहादुर शाहबाट यी दुई राज्यहरुको एकिकरण गरेको तथ्य ऐतिहासिक बर्णनहरुमा पाइन्छ । दैलेख जिल्ला सदरमुकामस्थित पुरानो बजारमा रहेका ठूल्ठूला कुंदिएका पत्थरहरुले बनेको प्रसिद्ध कोतगढी युद्ध किल्लाको रुपमा निर्माण गरिएको विश्वास गरिन्छ भने विभिन्न स्थानमा रहेका मन्दिर, देवल, कीर्तिखम्बा, शिलालेख आदिले यहांको ऐतिहासिक जानकारी आफैं दिइरहेका छन् ।

भौगोलिक अवस्थिति
दैलेख जिल्ला मध्य–पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने भेरी अञ्चलका पांच जिल्लाहरु मध्ये क्षेत्रफलका दृष्टिकोणले सबैभन्दा सानो र महाभारत पर्वत श्रृंखलाको उत्तरमा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो । प्राचिन कालदेखि नै पवित्र भूमिका रुपमा चिनिएको दैलेख जिल्लाको क्षेत्रिय सदरमुकाम–वीरेन्द्रनगर, सुर्खेतबाट ६८ कि.मि. र राजधानी–काठमाडौंबाट करबि ६५० कि.मि. टाढा रहेको छ । यस जिल्लाको पूर्वमा जाजरकोट, पश्चिममा अछाम, उत्तरमा कालिकोट र दक्षिणमा सुर्खेत जिल्ला पर्दछन् । आर्थिक दृष्टिकोणबाट सम्पन्न नभए तापनि प्राकृतिक, पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले यो जिल्ला समृद्ध नै मानिन्छ ।

यस जिल्लाको सदरमुकाम दैलेख बजार हो । राजनीतिक रुपमा यस जिल्लालाई २ निर्वाचन क्षेत्र, ११ ईलाका, २ नगरपालीका र ४९ गा.वि.स. हरुमा विभाजन गरिएको छ । नेपाल अधिराज्यको मानचित्रमा यस जिल्लाको भौगोलीक अवस्थिती यस प्रकार छ ः
क. अक्षांश— २८०३५ु देखि २९०८ु उत्तर
ख. देशान्तर— ८१०२५ु देखि ८१०५३ु पूर्व
ग. समुद्र सतहदेखि उंचाई—
न्युनतम– ५४४ मि. (तल्लो डुगेंश्वर–कर्णाली नदी किनार)
अधिकतम– ४१६८ मि. (महाबुलेक, उत्तरी सिमाना)
सदरमुकाम– १४४८ मि. (देवकोटा चौक, दैलेख बजार)
घ. धरातल
पहाडक्षेत्र -८०%
उच्च पहाडी क्षेत्र – २०%

ङ. कुल क्षेत्रफल–
१५०५ वर्ग कि.मि. (१,५०,०५१ हेक्टर)

भौगोलिक तथा राजनीतिक विभाजन
क. विकासक्षेत्र– मध्यपश्चिमाञचल
ख. अञ्चल– भेरी
ग. जिल्ला– दैलेख
घ. सदरमुकाम– दैलेख बजार (नारायण न.पा.)
ङ निर्वाचनक्षेत्र– २
च. ईलाका– ११
छ. नगरपालिका– २ (नारायण, दुल्लु), गाविस–४९

भू–उपयोग
क. कुल खेतीयोग्य जमिन– ४३,१२१ हेक्टर (कुल क्षेत्रफलको २८.७५)
ख. कुल खेती गरिएको जमिनः ३४४९७ हेक्टर (कुल खेतीयोग्य जमिनको ८० %)
खेत– ८७३१ हेक्टर (कुल खेती गरिएको जमिनको २५.३०%)
पाखो– २५७६६ हेक्टर (कुल खेती गरिएको जमिनको ७४.६९%)
ग. कुल सिंचित क्षेत्रः ८८२५ हेक्टर (कुल खेती गरिएको जमिनको २५.५८%)
बाह्रै महिना सिंचाई हुने– २११८ हे. (कुल खेती गरिएको जमिनको ६ .१४%)
मौसमि सिंचाई हुने– ६७०७ हे (कुल खेती गरिएको जमिनको १९.४४%)
घ. असिंचित क्षेत्र– २३५५४ हेक्टर (कुल खेती गरिएको जमिनको ६८ . २८ %)
ङ. बन जंगलले ढाकेको क्षेत्र– ८९,८९९ हेक्टर (कुल क्षेत्रफलको ५९.९१%)
च. चरन क्षेत्र– ३६९८ हेक्टर (कुल क्षेत्रफलको २.४६%)
छ. अन्य क्षेत्र (चट्टान, नदीनाला, आदि)– १३,३३३ हेक्टर (कुल क्षेत्रफलको ८.८८५%)

हावापानी
दैलेख जिल्ला विविध भौगोलिक भू–बनावट संगै हावापानीमा पनि विविधता बोकेको जिल्ला हो, जहाँ सांगुरो उपत्यका देखि पर्वतश्रृंखलाको भिरालो पहाडहरुमा उष्ण–उपोष्ण देखि लिएर समशितोष्ण र शितोष्ण जलवायु पाइए तापनि खासगरी समशितोष्ण जलवायुको प्रधानता रहेको पाइन्छ । यो जिल्ला पहाडै पहाडले भरिएकाले हिउंदमा लेकहरुमा हिंउ पर्ने र ठण्डा हावाको प्रभावले गर्दा चिसो रहन्छ भने गृष्म ऋतुमा केही गर्मी भएको अनुभव हुन्छ ।

यसैगरी चैत्र–बैशाख महिनामा हुरी चल्ने, वर्षा ऋुतुमा मनसुनी वर्षा हुने तथा हिउंदमा ढिलो र कम वर्षा हुने, आदि यस जिल्लाका हावापानी सम्बन्धी विशेषताहरु हुन् । जिल्लाको औसत मौसमी विवरण यस प्रकार छ ः
क. औसत तापक्रम
अधिकतम – ३४.०० से.
नयूनतम – ५.०० से.

ख. औसत वार्षिक वर्षाः १७०० मि.मि.
जलवायु
उपोष्ण ः ५४४ – १२०० मिटर
समशितोष्ण  ¬१२०० – १८०० मिटर
शितोष्ण – १८०० – २३०० मिटर
ठण्डा लेकाली – २३०० माथिका भू–भाग

कृर्षि पकेट क्षेत्रहरु

(क) कृर्षि प्रसार आयोजना तर्फ
ब्यवसायिक तरकारी विकास आयोजना १. डुङ्गेश्वर (डाँडापराजुल, अवलपराजुल, वेल्पाटा र लाकुरी)
२. कालभैरव (कालभैरव, मालिका, गौरी र गमौडी)
ब्यवसायिक हिउदे फलफुल विकास आयोजना १. भाव्र सैन (नौमुले, तोली, चौराठा र वालुबाटार)
२. सिँगासैन (सिगासैन र तिलेपाटा)
ब्यवसायिक वर्षे फलफुल विकास आयोजन १. साडु (ना.न.पा., डाँडापराजुल वडाखोला र रावतकोट)
२. राकमकर्णाली (राकमकर्णाली)
ब्यवसायिक अलैची विकास आयोजना १. कट्टी
खाध्यान्न तथा नगदे वाली उत्पादन आयोजना १. अवलपराजुल (अवलपराजुल र डाँडापराजुल)
२. रिठा ताराघाट
३. नौमुले (नौमुले र सल्लेरी)
४. खरिगैरा (वाँसि, खरिगैरा र वडाखोला)
सघन वाली विकास तथा उत्पादकत्व वृद्धि आयोजना
१. कालेखोला (पिलाडी, लालिकाँडा)
२. लेस्टेचौर (सात्तला)
३. खाडापाल्चौर (वासि)
मौरी विकास आयोजना— १. जग्नाथ
कृर्षि आर्थिक विस्लेषण तथा तथ्याङ्क आयोजना १३. वटा पकेट क्षेत्रहरू
कृर्षि तथा प्रविधि प्रसार आयोजना १३. वटा पकेट क्षेत्रहरू

ख) वाली विविधिकरण आयोजना तर्फ
ब्यवसायिक सुन्तला जात फलफुल विकास आयोजना
१. दुल्लु (दुल्लु)
२. छिउडी (छिउडीपुसाकोट, पादूका, गमौडी, कालभैरव र मालिका)
३. लाँकुरी (लाँकुरी, वडाभैरव र ना.न.पा.)
ब्यवसायिक तरकारी विकास आयोजना १. लैनचौर (लकान्द्र, जम्वुकाँध, लयाटीविन्द्रासैनी र चामुण्डा)
२. सिगौडी (राकम, पिपलकोट, सिँगासैन र तिलेपाटा)
३. नेपा (दुल्लू, नेपा, नाउलेकटुवाल, पादूका र रावतकोट)
४. सेरी (वराह, खड्कवाडा र सेरी)
५ गोगनपानी (गोगनपानी, पिलाडी र लालिकाँडा)
६. वेस्तडा (कट्टी, रुम, विन्ध्यावासिनी, पग्नाथ र मेहलतोली)
७. चौराठा (सल्लरी, चौराठा, वालुबाटार र कालिका)
८. नारायण (नारायण नगरपालिका)
ब्यवसायिक आलु उत्पादन आयोजना — १. लहरा (गोगनपानी, पिलाडी र लालिकाँडा)
२. चामुण्डा (बिसल्ला, लकान्द्र, कुसापानी र चामुण्डा)
३. चौराठा (सल्लेरी, चौराठा, वालुबाटार र कालिका)
४. बाँझथला (भवानी, रानीवन र कासिकाँध)
ब्यवसायिक दलहन तथा तेलहन वाली विकास आयोजना
१. राकमकर्णाली (राकमकर्णाली र सिगौडी)
२. मटेला (वेल्पाटा र लाकुरी)
प्रविधि प्रसार आयोजना १७ वटा पकेट क्षेत्रहरु

धर्म र धार्मिक स्थलहरु
प्राचीन कालदेखि नै देवभूमी र पवित्र भूमीका रुपमा प्रसिद्ध दैलेख जिल्लामा करीब ९९.५% हिन्दू धर्मावलम्बीहरु छन् र यिनीहरुको राष्ट्रिय भाषा नेपाली हो । जिल्लाका प्रमुख धार्मिक स्थलहरुमा श्रीस्थान, नाभीस्थान, पादुकास्थान, तल्लोडुेश्वर कोटिला र धुलेश्वर पर्दछन्, जसलाई पञ्चकोशि पनि भनिन्छ । यिनीहरु मध्ये श्रीस्थान, नाभिस्थान र पादुकास्थानमा परापूर्वकालदेखि ज्वाला प्रज्वल्लित छन् । नारायण, बेलासपुर भैरव, बज्रभैरव, गणेश, चामुण्डा देवी, कालिकादेवी, भवानी, डुगेश्वर, विन्द्रासैनी, छडदेवी, मालिकादेवी, बुकिमाई, भैरवी, आदि दैलेख जिल्लामा भएका मूख्य मन्दिरहरु हुन् ।

ऐतिहासिक एवं पुरातात्विक र पर्यटकीय महत्वका स्थलहरु
महावुगाथ, कोतगढी, पञ्चदेवल, कीर्तिखम्बा, पाथरनाउली, दुल्लु, धाउखानी गुफा, लालीकांडाको गुफा, धौलापडा गुफा, दुल्लुको पौवा, सातखम्ब, भैरवकुण्ड, द्वारीको झरना, तोलिजैसीको ठूली छहारी, घोडाताल, विसल्ला मदान ताल, कुइकाना देवल, लकान्द्र, भिमको पाइला, बागढुगा, नेपाली भाषाको पुरानो र पहिलो शिला शिलालेख (दुल्लु), जाहरकोट, राइली, त्रिपानी, बडाभैरवको शिखर, आदि दैलेख जिल्लाका प्रमुख ऐतिहासिक एवं पुरातात्विक र पर्यटकीय महत्वका स्थलहरु हुन् ।

प्राकृतिक सम्पदा–खनिज पदार्थ र जडिबुटिहरु
दैलेख जिल्ला आफैमा प्राकृतिक सम्पदाको धनी जिल्ला हो । विविध भू–बनावट र हावापनीका कारण विभिन्न जातका बनस्पति तथा जडिबुटिहरु, पशुपंक्षी, झरना–नदिनाला, तालतलैया, गुफा, खनिज पदार्थ आदि यहा“का मूख्य प्राकृतिक सम्पदाहरु हुन् ।
यस जिल्लाले आफ्नो गर्भमा अनेकौं खनिज पदार्थहरुलाई बोक्ने सौभाग्य पाएको छ । भु–गर्भविदहरुका अनुसार यस जिल्लाको पादुका, बडलम्जी र गमौडी गाविसहरु (पादुकास्थान, श्रीस्थान र नाभिस्थान) मा मट्टितेल, पेट्रोल र प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गरिएको छ । यसैगरी यहा“का २३ गाविसहरुमा पाइने घरको छाना छाउने स्लेट ढुंगा यस क्षेत्रमै प्रख्यात छ भने तामा, फलाम, अभ्रख, काइनाइट, गोमेद, माइका, गन्धक, खरीढुंगा, चुनढुंगा, आदि यस जिल्लामा पाइने प्रशस्त सम्भावना भएका तर हाल सम्म उपयोगमा ल्याइनसकिएका खनिज पदार्थहरु हुन् ।

जडिबुटिको हकमा पदमचाल, झ्याउ, बाक्रो, सुनकाउली, कुटकुव, सतुवा, मुङरिलो, घोडा, भारतो,
बाबिरो, बासक, रायेरोइनी (सिंदुरे) लाह, लालगेडी, रिट्ठा, भकिम्लो, बोझो, टिमुर, दालचिनी, लोकता, चिराइतो, सुगन्धकोकिला (मलायागिरी), जटामसी, समायो, आदि यहा“का जंगलमा पाइन्छन् ।

नदीनाला
दैलेख जिल्लामा साना ठूला गरी प्रसस्त नदी र खोलानालाहरु भएतापनि नेपालको दोश्रो ठूलो नदीको रुपमा चिनिने कर्णाली नै यहांको मूख्य नदी हो । यस नदिले लंकारी दह (राक्षस ताल) बाट निस्की कर्णाली अञ्चल हुंदै यस जिल्लाका सिंगासैन र पिपलकोट गाविस बाट प्रवेश गर्दछ र करीब ६० कि.मि. सम्म यस जिल्लाको पश्चिमक्षेत्र र अछाम जिल्लाको सिमाना छुट्याउने काम गर्दछ । यस जिल्लाको लेकहरुबाट उत्पन्न छामगाड, रामगाड, लोहरे, ताराघाट, तामेद्वारी, पादुका, कट्टि, पराजुलखोला, सानाखोला, रतिखोला, आदि यहांका मूख्य खोलाहरु हुन् । प्रायः जसो यी सबै खोलाहरु कर्णाली नदीमा मिसिन्छन् । यी खोलाहरुबाट दैलेख जिल्लामा केही हदसम्म सिंचाई सुविधा प्राप्त भइरहेको छ भने जल विद्युत विकासका प्रशस्त संभावना रहको देखिन्छ ।

जनसंख्या (२०६८ जनगणना)
कुल जनसंख्या ः २६१७७० जना
महिला – १३४७८० (५१.४९०%)
पुरुष -१२६९९० (४८.५१०%)
घरधुरी संख्या – ४८९१९
औषत परिवार संख्या – ५.३६
जनघनत्व – १७३.९३ वर्ग कि.मि

स्वास्थ्य
जिल्ला अस्पताल – १ (१५ शैय्या)
दुल्लू अस्पताल – २ दुल्लू र नोमुले ( १५ शैय्या)
प्राथमिक स्वास्थ्य केन्द्र – २ (३ शैय्या)
स्वास्थ्य चौकी – १६
उपस्वास्थ्य चौकी – ४०
आँखा उपचार केन्द्र – १
आयुर्वेद अस्पताल – २
जन्मदर – ३४.३६ प्रति हजार
मातृ मृत्युदर -१७०.० प्रति लाख (जिवित जन्ममा)
शिशु मृत्युदर – ४६.० प्रति हजार (जिवित जन्ममा)
वाल मृत्युदर – ५४ प्रति हजार (जिवित जन्ममा)
औसत आयु – ६१.९ बर्ष
डाक्टर जनसंख्या अनुपात – १ – ६५४४२

राजनैतिक विभाजन
विकास क्षेत्र – मध्यपश्चिमाञ्चल
अञ्चल -भेरी
सदरमुकाम – दैलेख बजार
निर्वाचन क्षेत्र – २
गा.वि.स. – ४९
नगरपालिका – २ ( नारायण र दुल्लू)
इलाका – ११

शिक्षा
प्रा.वि संख्या – ३३९ वटा
नि.मा.वि. संख्या – ८६ वटा
मा.वि. संख्या – ४६ वटा
उच्च मा.वि. संख्या – ४१ वटा
संस्थागत विधालय – २८ वटा
क्याम्पस – ५ वटा
साक्षरता – ६२. ९ %
महिला साक्षरता – ७२.८ %
पुरुष साक्षरता -५२.९ %
बाल बिकास केन्द्र – ३५० वटा

सञ्चार
नगरपालिका क्षेत्रमा टेलिफोन – ८०० लाइन क्षमता
हाल प्रयोजनमा आएका – ७५० वटालाईन
गा.वि.स.मा सिडिएमएलाईन – ३३० वटा
जिल्ला हुलाक कार्यालय – १ वटा
इलाका हुलाक – ८ वटा
अतिरिक्त हुलाक – ४७ वटा

प्रमुख जातजाती, भाषा र धर्म ः

जातजाती – क्षेत्री (३४.८%), कामी (१५.३३%), ठकुरी (१४%), व्राम्हण (१२%), मगर (९.८७ %), दमाई (४.४५ %),सार्की (२.७५%), सन्यासी (१.६१ %), सुनार(१.५८ % ), गुरु¨ (१.४३ % )आदि ।
भाषा – नेपाली –९८.९८ %), गुरु¨ ÷मगर (०.४६ %),अन्य (०.५६ %)
धर्म – हिन्दु –९८.३२ %), वौद्ध (१.४५ %), इस्लाम(०.०८ %), अन्य (०.१५ %)


Skip to toolbar